काठमाडौं- जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउन २५ जना महिलाहरुको टोली कालापत्थरतर्फको पदयात्रामा छ।
जलवायु र महिला सशक्तिकरणका लागि काम गरिरहेको साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ कालापात्थरमा मनाउनका लागि विभिन्न क्षेत्रमा २५ जना महिलाहरुलाई लिएर कालापत्थरतर्फको पदयात्राका लागि प्रस्थान गरेको हो।
काठमाडौंबाट १७ फागुनमा लुक्लातर्फ प्रस्थान गरेको टोली २३ फागुनमा दिङबोचे पुगेको छ। साथसाथैको टोलीले बुधबार देङबोचेमा स्थानीय सरकार र समुदायसँग अन्तर्क्रिया कार्यक्रम राखेको छ।







