हेलम्बु र मेलम्चीमा बाढी : विद्यालयमा क्षति, घरहरू जोखिममा


साथसाथै न्युज
८, भदौ २०८०
हेलम्बु र मेलम्चीमा बाढी : विद्यालयमा क्षति, घरहरू जोखिममा

काठमाडौं- अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ। विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन्। विद्यालय जोखिममा परेकाले आज पढाइ बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी इन्सपेक्टर सन्जिव यादवले बाढी–पहिरोले विद्यालय र विद्यालय नजिक रहेका ४/५ वटा घर उच्च जोखिममा रहेको जानकारी दिए। उनका अनुसार जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइहेको छ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको बताइन्।


प्रहरीका अनुसार मेलम्ची–हेलम्बु सडक र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका–५ सिरिसेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिए।

स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले सम्भव भएको छैन।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend