पहिरोले थुनिएको बाढी फुट्दा मुस्ताङको कागबेनीमा २९ घर बगे 


साथसाथै न्युज
३०, साउन २०८०
पहिरोले थुनिएको बाढी फुट्दा मुस्ताङको कागबेनीमा २९ घर बगे 

काठमाडौं- कागबेनीमा आइतबार राति कागखोलामा आएको बाढीले ठूलो क्षति तुल्याएको छ । बाढीले २९ घरसहित १२ वटा सवारी साधन पूर्णरुपमा क्षति पुर्‍याएको छ । बाढीले स्काभेटर समेत बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

कागखोलाको बाढीले कागबेनी गाउँको १३ वटा घरमा आशिंक क्षति पुगेको छ भने ९ वटा गोठ पूर्ण रुपमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक पौडेलले उल्लेख गरे । यसैगरी  कागबेनी गाउँ जोड्ने ३ वटा अस्थायी पुल ,एक जोमसोम—कोरला जोड्ने पक्की पुल र कागबेनी—तिरी गाउँ जाने झोलुङ्गे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीले प्रसिद्ध धार्मिक कागबेनी श्राद्धस्थल पुरै बगरमा परिणत भएको प्रहरी नायव उपरीक्षक पौडेलको भनाइ छ । कागबेनीमा भक्तजनले स्नान गर्ने,श्राद्ध तथा पीण्दान र तपर्ण दिने, श्राद्धस्थलको मन्दिर र एक धर्मशाला बाढीले पनि बगाएको छ । 

बाढीले प्रहरी चौकी भवन,आमा समूह र युवाक्लबको भवन ,स्वास्थ्य कार्यालय रहेको भवन,प्रभु बैंक रहेको घर बाढीले बगाएको हो । कागखोला दक्षिण—पूर्वको कागखोला तटीय क्षेत्रमा रहेको होटल,पसल,रेष्टुरेन्ट र बैक तथा वित्तिय संस्था रहेको घर सबै बाढीले बगाएको हो ।

बाढीले सवारी साधनबाहेक ५६ वटा भन्दा भौतिक संरचना पूर्ण र आशिंक क्षति तुल्याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए । कागखोला बाढीले भौतिक संरचना बाहेक कति धनमालको क्षति भयो भन्ने विवरण एकिन गर्न केही दिन लाग्ने उनले बताए ।

यसअघि कागबेनी खोला थुनिएपछि कागखोला तटीय क्षेत्रका स्थानीयलाई प्रशासन,प्रहरी र स्थानीय तहले सूचना संम्प्रेषण गरी सुरक्षित स्थानमा पुर्‍याइएको थियो । यसैका कारण कागबेनीमा बाढीका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । 

बाढीले विद्युत र टेलिफोन र इन्टरनेट पोलमा समेत क्षति पुर्‍याएको थियो । आइतबार रातिको समयमा शाखा नदी थुनिएकाले स्थानीयलाई उद्दार र धनमाल थन्क्याउने असहज परेको थियो । बैंक तथा वित्तिय संस्थाको नगद समेत बाढीले बगाएको बताइएको छ ।

कागबेनीधाममा बाढीले क्षति पुर्‍याएपछि जोमसोमबाट प्रमुख जिल्ला अधिकारी अनुप केसीसहित ३ वटै सुरक्षा निकायको टोली बाढीग्रस्त क्षेत्र कागबेनीमा पुगेर उद्दारमा खटिएको थियो ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend