हिमताल संरक्षण र जलवायु जोखिम न्यूनीकरणका लागि ८ बुँदे माग

युवाको आमरण अनशन

हिमताल संरक्षण र जलवायु जोखिम न्यूनीकरणका लागि ८ बुँदे माग


साथसाथै न्युज
३, असोज २०८३
युवाको आमरण अनशन

गोरखा, असोज ३ — जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण, हिमताल संरक्षण र स्थानीय बासिन्दाको सुरक्षाको माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँका युवाहरू मनास्लु बेसक्याम्पमा आमरण अनशनमा बसेका छन्। धावा नोर्बु लामाको नेतृत्वमा युवाहरूले समुद्री सतहबाट करिब ४ हजार ८ सयदेखि ४ हजार ९ सय मिटर उचाइमा रहेको मनास्लु आधार शिविरमा असोज २ गतेदेखि अनशन सुरु गरेका हुन्। माग पूरा नभएसम्म अनशन जारी राख्ने उनीहरूले बताएका छन्। उनीहरूले मनास्लु तथा चुम क्षेत्रका जोखिमयुक्त हिमतालको हवाई अनुगमन, निरीक्षण र गहिराइ मापन गरी सम्भावित हिमताल विस्फोटजन्य बाढी (GLOF) को जोखिम अध्ययन गर्न माग गरेका छन्। वीरेन्द्र ताल, कालताल, हरियो ताल, घुन्सारफुक र न्योचुथान क्षेत्रका हिमतालको तत्काल अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ। हिमताल तथा नदीको पानीको सतह मापन गर्ने संयन्त्र र जोखिम बढेमा स्थानीयलाई तत्काल सूचना दिने साइरनसहितको पूर्वसूचना प्रणाली जडान गर्न पनि उनीहरूले माग गरेका छन्। नेपालका बस्तीमा जोखिम पार्न सक्ने तिब्बततर्फका हिमताल तथा हिमनदीको नेपाल–चीन संयुक्त अध्ययन र अनुगमन गर्नुपर्ने मागसमेत उनीहरूको छ। सामुदायिक विद्यालयको पाठ्यक्रममा जलवायु परिवर्तनका असर समावेश गर्नुपर्ने, जलवायु न्याय तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय पहल गर्नुपर्ने र हिमाली क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। भोटेकोशी क्षेत्रमा आएको बाढीपछि हिमाली क्षेत्रको जोखिमप्रति चिन्ता बढेको भन्दै युवाहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले हिमाली तथा तल्लो तटीय बस्तीको सुरक्षाका लागि पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन्।

गोरखा, असोज ३ — जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण, हिमताल संरक्षण र स्थानीय बासिन्दाको सुरक्षाको माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँका युवाहरू मनास्लु बेसक्याम्पमा आमरण अनशनमा बसेका छन्।
धावा नोर्बु लामाको नेतृत्वमा युवाहरूले समुद्री सतहबाट करिब ४ हजार ८ सयदेखि ४ हजार ९ सय मिटर उचाइमा रहेको मनास्लु आधार शिविरमा असोज २ गतेदेखि अनशन सुरु गरेका हुन्। माग पूरा नभएसम्म अनशन जारी राख्ने उनीहरूले बताएका छन्।
उनीहरूले मनास्लु तथा चुम क्षेत्रका जोखिमयुक्त हिमतालको हवाई अनुगमन, निरीक्षण र गहिराइ मापन गरी सम्भावित हिमताल विस्फोटजन्य बाढी (GLOF) को जोखिम अध्ययन गर्न माग गरेका छन्। वीरेन्द्र ताल, कालताल, हरियो ताल, घुन्सारफुक र न्योचुथान क्षेत्रका हिमतालको तत्काल अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ।
हिमताल तथा नदीको पानीको सतह मापन गर्ने संयन्त्र र जोखिम बढेमा स्थानीयलाई तत्काल सूचना दिने साइरनसहितको पूर्वसूचना प्रणाली जडान गर्न पनि उनीहरूले माग गरेका छन्। नेपालका बस्तीमा जोखिम पार्न सक्ने तिब्बततर्फका हिमताल तथा हिमनदीको नेपाल–चीन संयुक्त अध्ययन र अनुगमन गर्नुपर्ने मागसमेत उनीहरूको छ।
सामुदायिक विद्यालयको पाठ्यक्रममा जलवायु परिवर्तनका असर समावेश गर्नुपर्ने, जलवायु न्याय तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय पहल गर्नुपर्ने र हिमाली क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीपछि हिमाली क्षेत्रको जोखिमप्रति चिन्ता बढेको भन्दै युवाहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले हिमाली तथा तल्लो तटीय बस्तीको सुरक्षाका लागि पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन्।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend