कर्णालीका ५ राजमार्ग अवरुद्ध , ५ दिनदेखि हवाई सेवा पनि ठप्प


साथसाथै न्युज
२३, असार २०८१
कर्णालीका ५ राजमार्ग अवरुद्ध , ५ दिनदेखि हवाई सेवा पनि ठप्प

 सुर्खेत -  शुक्रबारदेखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ ।

प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सड्क खण्ड अवरुद्ध भएका हुन् ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सड्क अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा आइतबार बिहानसम्म पनि जारी रहेका कारण राजमार्गहरू सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।वर्षाकै कारण पछिल्लो पाँच दिनदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ ।

राजमार्गहरू अवरुद्ध भएपछि यात्रुहरू दुई दिनदेखि अलपत्र परेका छन् भने हवाई सेवा अवरुद्ध भएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरू पनि अलपत्र परेका छन् ।

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ ।

त्यस्तै राप्ती राजमार्गको चोरखोला, सिमखोलीमा पहिरो खसेको छ । भेरी कोरिडोर अन्तर्गत छिन्चु जाजरकोट सड्क अन्तर्गत गुर्भाकोट नगरपालिका ३ मा पहिरोले सड्क अवरुद्ध भएको छ ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६, रिजिगाड र त्रिपुरा सुन्दरी नगरपालिका-१ डोल्पाको छलगाडमा पानिको वहाव बढ्दा सड्क अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिए ।

कर्णाली राजमार्ग २ दिनदेखि सड्क अवरुद्ध हुँदा झन्डै २०० बढी सवारी साधन दैलेखको आठबीस नगरपालिका राकममा रोकिएको प्रहरीले जनाएको छ ।

एसपी शर्माका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend