हुम्लामा खडेरी, खेतमै सुक्यो बाली


साथसाथै न्युज
२६, वैशाख २०८१
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

सिमकोट-  हुम्ला अहिले खडेरीको चपेटामा परेको छ। खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ। 

सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन्। पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन्। हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका–३ का गाजीमा लामा बताए।

यस वर्ष हिउँ नपर्दा भोकमरीको  अवस्था आएको उनले बताए। चैतमा कोदो र वैशाख पहिलो साता चिनो छर्नुपर्नेमा पानी नपर्दा खेती गर्न नपाएको लामाले बताए। 

पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सीलगायत अन्य तरकारी लगाउन नपाएको सिमकोट गाउँपालिका–२ ठेहेगाउँका किसान गौगोरा बोहराले बताए। उनले भने, “आठ–दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ।” 

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend