महोत्तरीको मुस्लिम बस्तीमा आगलागी

आँखैअघि घर जलेर खरानी भए, पीडितको चिन्ता - के खाने, के लाउने? 

'शरीरमा लगाएको एकसरो लुगाबाहेक केही बाँकी रहेन, सरकार हाम्रा लागि होइन जस्तो लाग्‍न थालेको छ'


साथसाथै न्युज
१४, वैशाख २०८१
आँखैअघि घर जलेर खरानी भए,  पीडितको चिन्ता - के खाने, के लाउने? 

काठमाडौं- आगलागी भएर घरबारविहीन भएको मटियानीको मुस्लिम समुदायले तीन दिनसम्म पनि राज्य भएको महसुस गर्न पाएका छैनन्। उनीहरुले हालसम्म एकसरो लुगा र ओत लाग्‍ने बाससमेत पाउन सकेका छैनन्। 

महोत्तरीको मटिहानी नगरपालिका-६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्तीमा रहेका सयभन्दा बढी घरहरु जलेर खरानी भए। मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दाहेर्दै जलेर खरानी भएका हुन्। 

राज्यले कति क्षति भयो भन्‍नेसमेत यकिन गर्न सकेको छैन। महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल भन्छन्,'११० घर भनिए पनि हालसम्म १०० वटा घरहरु जलेको विवरण मात्र प्राप्त भएको छ। सम्पूर्ण क्षतिको विवरण आइसक्‍न अझै केही समय लाग्छ।' 

उनले अग्‍निपीडितहरु सबैलाई टेन्टको व्यवस्था गर्न नसकिएका कारण कोही आफन्‍तकोमा र केही विद्यालय तथा सार्वजनिक भवनहरुमा बसिरहेकोसमेत बताएका छन्। दु:ख जिलो गरी गाँस काटेर बनाएको घर नै खरानी भएपछि अब कसरी बाँच्‍ने भन्‍ने चिन्ताले पिरोलेको छ, मियाँ टोलका मुस्लिम समुदायलाई। उनीहरुलाई आफ्ना लागि सरकार होइन जस्तो लाग्‍न थालेको छ।

घरभित्र सुतेका आफूलाई सबैले तानेर निकालेकाले ज्यान बचेको मियाँ टोलका हरिचन शाहले सुनाए। उनले दुखेसो पोखे, '२ लाख ४० हजार बैंकबाट कर्जा लिएको पैसा तिर्न नपाउँदै घर–पैसा सबै जलेपछि अब के गर्ने भन्‍ने सोच्‍नै सकेको छैन।  अरूको बटैया गरेर एक वर्षलाई खान पुग्‍ने अन्न जम्मा गरेर राखेको भकारीसँगै सबै जायजेथा खरानी भएको छ। अब सरकार त  हाम्रो पीडा सुन्दैन, हाम्रा लागि सरकार नै छैन जस्तो लाग्‍न थालेको छ।' परिवार के गरी पाल्‍ने हो भन्‍ने मुख्य चिन्ता उनको छ। 

स्थानीय अनिल साहको पनि दुखेसो उस्तै छ, 'तीन दिनदेखि राम्रोसँग खाना पाएको छैनौं। बस्‍ने कहाँ, अब कसरी घर बनाउने भन्‍ने चिन्ताले पिरोलेको छ। केही थान टेन्टहरु आएका थिए, त्यो पनि केही पहुँचवालाहरुले लगे। हामी विद्यालयमा बसिरहेका छौं।' 

पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवान साँझ फर्किंदा घर खरानी भइसकेको थियो। 'जीवनभरको कमाइले बनाएको घर निमेषमै खरानी भयो,' उनले दुखेसो गरिन्, 'शरीरमा लगाएको एकसरो लुगा बाहेकी केही बचेन। अब के खाने? के लाउने?’ 

पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाइरहेका छन्। मटिहानीका बासिन्दालाई ठूलो विपद् परेकाले यस दुःखमा सहयोग गरिदिन नगरप्रमुख हरिप्रसाद मण्डलले सबैसँग अनुरोध गरेका छन्। 

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend