वन प्राविधिक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहका राकेश कर्ण विजयी


साथसाथै न्युज
२५, चैत २०८०
वन प्राविधिक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहका राकेश कर्ण विजयी

काठमाडौं- नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा कर्णले एक हजार दुई सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले आठ सय ६८ मत प्राप्त गरे।

कर्ण प्रजाान्त्रिक वन प्राविधिक सङ्घ, मधेसका लागि वन र नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका तर्फबाट उम्मेदवार थिए। त्यस्तै पौडेल प्रगतिशील वन प्राविधिक संघ र मधेसका वनको तर्फबाट उम्मेदवार बनेका थिए। 

वनको संरक्षण, व्यवस्थापन र अध्ययनकर्ताको साझा पेसागत सङ्गठनका रुपमा रहेको सङ्घमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी १४ सदस्यीय समितिका लागि निर्वाचन भएको थियो। अध्यक्षका दुवै उम्मेदवार प्यानलसहित निर्वाचनमा होमिएका थिए। कर्ण नेतृत्वको प्यानल उपाध्यक्ष र महिला सदस्यबाहेक १२ पदमा निर्वाचित भएका छन्।

संघको कार्यकाल तीनवर्ष रहेको छ। कुल तीन हजार एक सय ६७ मतदातामध्ये दुई हजार दुई सय सय मत खसेको निर्वाचन समितिका संयोजक अरुण शर्मा पौडेलले जानकारी दिए। 

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend