जलवायु परिवर्तनको असर : चैतमा झरीको मनपरी


साथसाथै न्युज
१५, चैत २०८०
जलवायु परिवर्तनको असर : चैतमा झरीको मनपरी

काठमाडौं- एक सातादेखि निरन्तर झरी परिरहेको छ। वर्षात्‌मा जस्तै झरी चैतमा परेपछि सर्वसाधारणको जीवन प्रभावित भइरहेको छ। अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको मौसमविद्‌हरुले बताइरहेका छन्। अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ। यो क्रम शनिबारसम्म जारी रहने पनि मौसमविद्हरुको अनुमान छ।

हल्का वर्षा समेत भइरहेको छ।अहिले राति-राति पानी परिरहेको छ। सर्वसाधारणको जिब्रोमा अहिले प्राय: एउटै वाक्यांश छ, 'यस्तो त मनसुनको बेलामा हुन्छ, दिनभरी माघेझरी जस्तो पनि देखिन्छ, मलाई अनौठो लागिरहेको छ।' 

चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङ सहित असिना पानी पर्ने समय हो। तर अहिले माघेझरी जस्तो मौसम भइरहेको छ। यो सबै जलवायु परिवर्तनको प्रभावका कारण यसो भएको हो।

उद्योग कलकारखान तथा व्यक्तिहरुको दैनिक कृयाकलाप तथा हाम्रो वतावरणमा परेको अभाव तथा जन चेतनाको कमीले अझै कति नसोचेको परिमाण आउने हो। निरन्तर विश्वमा भइरहेको जलवायु परिवर्तनको मुख्य कारकहरु नै मानवीय क्रियाकलाप हुन्। 

हामीले प्रकृतिलाई मासेका छौं। हामीले आफ्नो सहजताका लागी प्रकृतिको कुनै पनि पक्षलाई ध्यानमा राखेका छैनौं, यसको परिमाण हामीले नै भोग्न पर्छ। नेपालमा पछिल्ला केही वर्षमा हिउँदे वर्षा एकनासको देखिएको छैन।  

यसको अत्यधिक जाडो हुने मंसिर, पुस र माघ महिनामा नपरेको हिउँ चैतमा पर्नु र मनसुन पूर्वको समयमा पनि लामो समयसम्म पानी पर्नुलाई मौसमविद्हरू वातावरण असन्तुलनको असर हुनसक्ने अनुमान गरेका छन्।

मौसमविद् भन्छन्, 'चैतमा चिसो महसुस हुनुलाई असामान्य मान्न नसकिए पनि हिउँ नै पर्नु र लामो समयसम्म वर्षा हुनु अध्ययनको विषय हुनसक्ने तथा यस्तो हुँदै हुँदैन भन्न त सकिँदैन तर यो अध्ययनको विषय हो।'

 

 

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend