जम्मुमा बाढी र पहिरोले घर पुरिँदा आठ जनाको मृत्यु


साथसाथै न्युज
७, साउन २०८०
जम्मुमा बाढी र पहिरोले घर पुरिँदा आठ जनाको मृत्यु

नयाँदिल्ली- दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ।​ जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ। 

हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ। हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ। हिमाचल–उत्तराखण्डमा झण्डै एक हजार सडक बन्द छन्।

जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो। मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ। बुधबार बिहान पहिरो गएपछि मानिसहरु निदाइरहेका थिए। रामबन र बनिहालको बिचमा पहिरो र चट्टान खसेको कारण जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग छ घण्टा भन्दा बढी बन्द भएको थियो। 

यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवल बीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्मु–पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend