काठमाडौं - देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।
मौसमविद्का अनुसार आगामी दुई-तीन दिनसम्म देशैभर नै मौसम सफा नरहने जनाइएकाे छ ।
अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ ।
अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा समेत भइरहेको छ ।