कोशी र गण्डकीका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना


साथसाथै न्युज
८, पुस २०८०
कोशी र गण्डकीका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना

काठमाडौं- कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा हुने पूर्वानुमान छ।

काठमाडौंको हकमा पनि मौसम सफा रहने छ। अहिले बिहान हल्का कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले ५ किलोमिटर भिजिबिलिटी भएकाले हवाई उडान तथा अवतरणमा समस्या पनि छैन।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन भएको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। तत्कालै पानी पर्ने, हिमपात हुने वा अन्य कुनै नयाँ मौसमी प्रणाली भित्रिने सम्भावना पनि नरहेको मौसमविद पुडासैनीले जानकारी दिए।

अर्का मौसमविद विनोद पोखरेलले पनि अहिलेको यो मौसमले काठमाडौं लगायत धेरै भेगमा पानी पार्ने सम्भावना एकदमै कम रहेको बताए। पश्चिमी बायुले हावालाई अलि सफा बनाउन मद्दत गर्ने हुँदा वायु प्रदूषण केही कम हुने उनको भनाइ छ।

 

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend