काठमाडौंमा घट्दै छ तापक्रम


साथसाथै न्युज
५, पुस २०८०
काठमाडौंमा घट्दै छ तापक्रम

काठमाडौं- काठमाडौंमा आजको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। 

यो तापक्रम यस सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको हो। 

हिजो दिउँसो काठमाडौंमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो।  हिजो बिहान भने ५ दशमलव ५ डिग्री सेल्सियस थियो।  महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तापक्रम घट्दो क्रममा छ।  चिसो बढ्दै गएको छ।  काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढिरहेको छ। 

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।  मध्य र पश्चिम तराईका एक/दुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागेको छ।  तर दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ।  काठमाडौंमा पनि अहिले हल्का हुस्सु छ। 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी चार किलोमिटरसम्म छ। अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।  
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ।  बाँकी ठाउँमा पनि मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ।  मौसम दुई/तीन दिन यस्तै रहने अनुमान छ।  हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसमविद् अधिकारीले बताए। 

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend