जलवायुको असर कम गर्न हानी–नोक्सानी कोषसँग सहकार्य आवश्यक छ : सहरी विकासमन्त्री गुरुङ


साथसाथै न्युज
२१, मंसिर २०८०
जलवायुको असर कम गर्न हानी–नोक्सानी कोषसँग सहकार्य आवश्यक छ : सहरी विकासमन्त्री गुरुङ

दुबई (यूएई)- सहरी विकासमन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न कोप २८ मा स्थापना गरिएको हानी–नोक्सानी कोषमार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताएकी छन्। 

संयुक्त अरब इमिरेटस् (यूएई) को दुबईमा जारी कोप २८ का क्रममा सहरीकरण र जलवायु परिवर्तनका विषयमा भएको मन्त्रीस्तरीय बैठकमा बोल्दै मन्त्री गुरुङले नेपालजस्ता मुलुकले जलवायुजन्य विपद्का ठूलो क्षति व्यहोर्नुपरेकोले हानी–नोक्सानी कोषमार्फत सहकार्य आवश्यक रहेको बताएकी हुन्।

मन्त्री गुरुङले जलवायुजन्य विपद्का कारण नेपालको बस्ती र पूर्वाधारलाई खतरामा पारेको बताएकी छन् । उनले भनिन्, ‘जलवायुजन्य प्रकोपहरू सामना गर्न हाम्रो तयारी पर्याप्त छैन, जुन संयुक्त राष्ट्रका महासचिवले आफ्नो हालैको नेपाल भ्रमणमा राम्रोसँग व्यक्त गर्नुभएको छ। हाम्रो हिउँले ढाकिएको हिमालय पग्लिरहेको छ। यसले हाम्रो बस्ती र पूर्वाधार, सार्वजनिक सेवा, विकास लाभ र आर्थिक स्थिरतालाई खतरामा पारेको छ।’

मन्त्री गुरुङले नेपाल नयाँ संघीय संरचनामा दिगो विकासका लागि संघीय शासन व्यवस्थालाई सुदृढ गर्न लागिरहेको पनि बताएकी छन् ।

उनले थपिन्, ‘राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन दिगो सहरीकरणका लागि क्लस्टर र प्रादेशिक दृष्टिकोणबाट स्थानीय सरकारहरू बीचको सम्बन्ध सुदृढ गर्न र विभिन्न तहका सरकारहरूको क्षमता सुदृढ गर्न एकीकृत सहरी विकास योजनामा काम गरिरहेका छौं ।’

जलवायु संकट ढोकामा नै आइपुगेको उल्लेख गर्दै मन्त्री गुरुङले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्यको योगदान भए पनि नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताएकी हुन् । 

उनले भने, ‘हामीले यसका विनाशकारी प्रभावहरूका रुपमा बढ्दो तापक्रमसँगै हाम्रो मुलुकमा पहिरो, बाढी, डुबान, खडेरीको सामना गरिरहेका छौं ।’ 

 

सम्बन्धित समाचार

  • 'जलवायु परिवर्तनको असर ढोकामै पुगिसकेको छ, सबै क्षेत्र गम्भीर बनौं'

    काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) बाट प्राप्त भएका उपलब्धी र नेपालले आगामी

  • ‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

    काठमाडौँ- विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ

  • जलवायु परिवर्तन न्युनिकरणका लागि जीवाष्म इन्धन युग 'अन्त्य' को सुरुवात

    काठमाडौं- जीवाष्म इन्धन युग अन्तको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend