काठमाडौं- वन तथा वातावरणमन्त्री डा. विरेन्द्र प्रसाद महतोले कोप-२८ मा नेपालको हिमालको मुद्दा स्थापित गर्न सफल भएको बताएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जारी कोप-२८ सम्मेलनमा सहभागी मन्त्री महतोले कोप-२८ मा सहभागी विश्वका नेताहरुले नेपालको हिमालको मुद्दालाई प्राथमिकता दिएकोले पनि बताएका छन्।
उनले भने, 'कोप-२८ का लागि वन तथा वातावरण मन्त्रालयले ६ महिनादेखि तयारी गरेकोले पनि कोप-२८ मा नेपालको सहभागीलाई सक्रिय बनाउनुका साथै नेपालको मुद्दा स्थापित गर्न सफल भएका छौं।'
मन्त्री महतोले नेपालले कोप-२८ मा हुने जलवायु अनुकूलन, हानी-नोक्सानी कोष तथा कार्बन उत्सर्जन घटाउनेलगायतका विभिन्न वार्ताहरुमा पनि सक्रिय सहभागिता जनाएर नेपालको मुद्दा राख्ने बताएका छन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप- २८ को साइडलाइनमा पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै हिमालको मुद्दालाई सम्बोधनमा ध्यानाकर्षण गराएका थिए। त्यसैगरी कोप-२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका हिमालहरुले विश्ववव्यायापी सेवा दिइरहेकोले हिमाल जोगाउन तत्काल पहलको आवश्यकता रहेको बताएका थिए।
त्यसैगरी संयुक्त राष्ट्रसंघकम महासचिव एन्टोनियो गुटेरेसले पनि नेपालका हिमालहरु पग्लिनेक्रम तीव्र रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन घटाउन औद्योगिक राष्ट्रहरुको ध्यानाकर्षण गराएका थिए।