कोप-२८ : नेपाल पेभेलियनमा हुने कार्यक्रम के-के छन्? 


साथसाथै न्युज
२०, कात्तिक २०८०
कोप-२८ : नेपाल पेभेलियनमा हुने कार्यक्रम के-के छन्? 

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइमा हुने जलवायु सम्मेलन कोप-२८ को तयारीका लागि नेपाल सरकारले तीव्रता दिएको छ। वन तथा वातावरण मन्त्रालयले कोप-२८ मा नेपालका तर्फबाट हुने कार्यक्रमलाई टुंगो लगाएको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अधिकृत दिपा वलीले जानकारी गराएकी छन्।

यस वर्ष कोप-२८ सम्मेलनमा कार्यक्रम गर्नका लागि नेपालले झण्डै रु ८० लाख खर्च हुने पेभिलिएन (बृहत् मण्डला) स्थापना गर्ने भएको छ। नेपालले लिएको पेभेलिएनमा नेपाली प्रतिनिधिमण्डलले कार्यक्रम गर्ने र नेपालको जलवायु परिवर्तनले पारेको असरको मुद्दाबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने भएको छ। 

प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली टीम कोप-२८ मा सहभागी हुने भएको छ। ३० नोभेम्बरदेखि कोप-२८ को औपचारिक कार्यक्रमहरु सुरु हुने भए पनि नेपालको पेभेलिएनमा भने २ डिसेम्बरदेखि कार्यक्रम हुने भएका छन्। 

२ डिसेम्बर, २०२३ मा प्रधानमन्त्री प्रचण्डले नेपालको पेभेलिएनमा सम्बोधन गर्ने भएका छन्। नेपालको पेभेलिएनमा २ डिसेम्बरदेखि १२ डिसेम्बरसम्ममा कुल ३७ वटा साइड इभेन्टहरु आयोजना हुने मन्त्रालयले जनाएको छ। 

साथसाथैले ४ डिसेम्बरमा 'जलवायु परिवर्तन र जोखिममा रहेका समुदायाको यसको असर' शीर्षकको कार्यक्रम गर्नेछ भने ८ डिसेम्बरमा 'लस एण्ड ड्यामेजको सम्बोधन : नेपालमा जलवायु परिवर्तनको असर र क्षतिपूर्ति' विषयमा कार्यक्रम गर्ने भएको छ। 

नेपाल पेभेलिएनमा हुने कार्यक्रमको सूची:

सम्बन्धित समाचार

  • 'जलवायु परिवर्तनको असर ढोकामै पुगिसकेको छ, सबै क्षेत्र गम्भीर बनौं'

    काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) बाट प्राप्त भएका उपलब्धी र नेपालले आगामी

  • ‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

    काठमाडौँ- विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ

  • जलवायु परिवर्तन न्युनिकरणका लागि जीवाष्म इन्धन युग 'अन्त्य' को सुरुवात

    काठमाडौं- जीवाष्म इन्धन युग अन्तको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend