काठमाण्डौं- हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। त्यसैगरी बिहीबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
भोलि र पर्सी पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। भोलि र पर्सि दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो।
वर्षाको सम्भावना रहेकाले धान नकाट्न र काटेको भए भित्र्याइहाल्न उहाँको सुझाव छ। अहिले पहाडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । पहाडी क्षेत्रका कतिपय ठाउँमा धान काटेकै दिन चुटेर भित्र्याइन्छ भने केही ठाउँमा सुकाएर तीन पछि मात्र चुट्ने गरिन्छ।
भोलि र पर्सि हल्का वर्षाको सम्भावना रहेकाले काटेको धानमा असर पर्न सक्ने भन्दै मौसमविद्ले धान नकाट्न सुझाव दिएका हुन्। मौसमविद्का अनुसार आजको मौसम भने सामान्यतया सफा नै रहने छ। तर, पहाडी क्षेत्रमा भने दिउँसो पछि आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।