टिस्टामा आएको बाढीमा हराएका नेपाली श्रमिक बेपत्ता, खोजीका लागि पत्राचार


साथसाथै न्युज
२४, असोज २०८०
टिस्टामा आएको बाढीमा हराएका नेपाली श्रमिक बेपत्ता, खोजीका लागि पत्राचार

काठमाडौं- सिक्किमको टिस्टा नदीमा आएको बाढीमा नेपाली श्रमिक बेपत्ता भएका छन्। हराएका इलामका १० श्रमिकको खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन्। 

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का छन्। उनीहरु सबै इलाम ९ गोलखर्कका हुन्।

एकै गाउँका उनीहरु केही समयअघि उत्तरी सिक्किमको लाचेन भन्ने ठाउँमा निर्माण श्रमिकका रुपमा गएका थिए। ‘१० जना बेपत्ता भएको भन्ने हल्लामात्रै हो’, प्रजिअ पोखरेलले भने, ‘५ जना हराएको जानकारी प्राप्त छ। त्यसमध्ये दुई जनाका परिवारमात्रै सम्पर्कमा आएका छन्।’

प्रजिअ पोखरेलले नेपाली नागरिक खोजीका लागि भारतीय सीमा सुरक्षा बलमार्फत सिक्किम सरकारलाई नामावलीसहित पत्राचार गरिएको छ। एसएसबीले उद्धारका आश्वासन दिएको प्रजिअ पोखरेलले बताए।

एक साताअघि हिमताल विस्फोटका कारण सिक्किममा ठूलो बाढी गएको थियो। त्यही बेलादेखि उनीहरु बेपत्ता भए पनि नेपालीहरु कार्यरत रहेको क्षेत्रमा बाढीले खासै क्षति नपुर्‍याएकाले उनीहरु कसरी बेपत्ता भए भन्नेबारे सिक्किम सरकारले खोजबिन गरिरहेको जनाइएको छ।

असोज १७ गते बिहान साढे १ बजेतिर उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि टिष्टामा आएको बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै भारतीय सैनिकसहित १ सय ४१ जना बेपत्ता छन्। बाढीका कारण अर्बौं रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend