हिमपहिरोमा अस्ताए ९२ दिनमै १४ हिमाल चढेका तेन्जेन लामा


साथसाथै न्युज
२२, असोज २०८०
हिमपहिरोमा अस्ताए ९२ दिनमै १४ हिमाल चढेका तेन्जेन लामा

बेइजिङ- चीनको सिसापाङ्‍मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको मृत्यु भएको छ। हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्‍मा शेर्पाले गरेका छन्। 

तेन्जेन शनिबारदेखि तिब्बतमा पर्ने सिसापाङ्‍मा हिमालमा बेपत्ता थिए। ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको पनि मृत्यु भएको छ।

तेन्जेन विश्व कीर्तिमानी आरोही हुन्। उनले हालैमात्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ९२ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ 'निम्स दाइ' को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend