अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ‘एक हजारभन्दा बढी’


२१, असोज २०८०
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ‘एक हजारभन्दा बढी’

ऐजेन्सी ।  पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ ।

शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको  थियो ।

“दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भन्नुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।” 

जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौं घरहरू भत्किएको पुष्टि गर्नुभएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । उहाँले भन्नुभयो “अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।”

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११ः०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताउनुभयो । “सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,” उहाँले भन्नुभयो ।
 
शनिबार स्थानीय र घटनास्थल वरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भन्नुभयो, “अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।”

डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो । 

हेरात शहरमा पहिलो भूकम्पको धक्का महशुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।

युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend