हिमाल सफा राख्‍न सम्भव छ, सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन : नेपाली सेना


साथसाथै न्युज
११, असोज २०८०
हिमाल सफा राख्‍न सम्भव छ, सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन : नेपाली सेना

काठमाडौं- नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १० वटा हिमालबाट एक सय आठ टन फोहर संकलन गरेको छ। सेनाले हिमाल सफाई अभियान अन्तर्गत सन् २०१९ देखि २०२३ को अवधि अर्थात चार वर्षमा उक्त फोहर संकलन गरेको हो।

विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ले आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनका क्रममा हिमाल सरसरफाई अभियानबारे प्रस्तुतीकरण गर्दै नेपाली सेनाको हिमाल सरसरफाई अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दर कुमार पाण्डेले सामूहिक सहकार्य, नीतिको प्रभावकारी कार्यान्वयन, सरकार र सरोकारवालाबीचको समन्वय र समर्पण भावले काम गर्दा हिमाल सरसफाई सम्भव भएको बताए।

नेपालको पर्यटन प्रबर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाई अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले हिमाल सफाई अभियान सम्भव भएको पनि जनाएको छ।

उनले भने, 'केही सकारात्मक कदमहरु चालिँदा पनि आलोचना हुनु त्यति सुखद कुरा होइन। यद्पि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाई सम्भव छ। यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्कय छ।'

सहायकरथी पाण्डेले पछिल्लो चार वर्षमा सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरिएको बताए। उनले भने, 'सन् २०१९ बाट सुरु भएको हिमाल सफाई अभियान अन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ। सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहोर संकलन गरिएको छ।'

भावी पुस्ताका लागि हिमाल सफा राखौं भन्ने मुल नारासहित सुरु भएको हिमाल सफाई अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए । उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले सहयोगको प्रशंसा गरे।

नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डेले 'हिमालय क्षेत्रको सरसफाई : के सम्भव छ ?' शीर्षकमा पेपर प्रस्तुत गरेका हुन्। प्रस्तुतीका क्रममा उनले हिमाल सफाईको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकोले यो वार्षिकरुपमा चलिरहेको बताए।

Nepal-Army-2.jpg

उनले भने, 'जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाई अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ। २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन। सन् २०२१, २०२२, २०२३ मा हिलमा बचाउ नारासहित नेपाल सरकार ८ लाख ३० हजारको बजेट विनियोजन गरेको छ।'

हिमाल सफाई अभियानका निर्देशकसमेत रहेका सहयाक रथी पाण्डेले कार्यदल बनाएर हिमाल सफाई अभियानलाई अघि बढाइरहेको बतउनुभयो। यसका लागि कुनै डेडिकेटेडेड टिम नभएकोले केही समस्या भएको पनि उनको भनाई छ।

नेपालको पर्यटन क्षेत्रको सबैभन्दा बढी राजस्व संकलन हुने हिमाल सफाई अभियानले राजस्व संकलनमा टेवा पुर्याउनुका साथै स्थानीय जनजीविकामा पनि सकारात्मक प्रभाव पारिरहेको सहायकरथी पाण्डेले बताए।

उनले थपे, 'सरकारको समन्वयमा नेपाली सेनाले सञ्चालन गरेको हिमाल सफा अभियानले जनजीविकालाई टेवा पुग्नुका साथै नेपाली सेनाको ज्ञान र क्षमतामा अभिवृद्धि भएको छ। सगरमाथा क्षेत्रबाट राजस्व संकलन भएको छ। लक्ष्य अनुसार फोहोर संकलन गरिएको छ।'

त्यसैगरी हिमाल सफाइ अभियानमा सहभागी लेफ्टिनेन्ट कर्नेल डा. यशश्री रजौरेले हिमालमा सफाइ अभियानको आफ्नो अनुभव र भोगाइ सुनाएकी थिइन्। उनले स्थानीयको सहयोगको प्रशंसा गरिन्। 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend